arrow

टोपबहादुरका छोरा सन्दीपलाई तीन दिन हिरासतमा राख्न अनुमति

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २१ बिहिबार
topbahadur-rayamajhi-son-sandiip.jpg

काठमाडौं । पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई तीन दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ । 

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन करोडौँ रुपैयाँ असुल गरेको आरोपमा पक्राउ परेका सन्दीपलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले बिहीबार प्रहरीलाई अनुमति दिएको हो । 

बुटवलमा बुधबार साँझ पक्राउ परेका उनलाई बिहीबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो । उनलाई बिहीबार नै बुटवलबाट काठमाडौं ल्याइएको थियो । 

सोही घटनामा पूर्वमन्त्री रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । तर उनी कहाँ छन् भन्ने रहस्य भएको छ । उनी हिजो अर्घाखाँचीबाट काठमाडौं आउन बुटवल आएका भए पनि पक्राउ परिने भयले बुटवलबाट काठमाडौं आएका थिएनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ