arrow

सेनाको निःशुल्क बस : कहाँ–कहाँ जान्छ ?

logo
प्रकाशित २०७३ असोज १८ मंगलबार
sena--new-bus.jpeg
काठमाडौं । नेपाली सेनाले दशैंमा उपत्यका बाहिरसम्मको आवागमनका लागि बस संचालन गरेको छ। घर विदामा जाने सकलदर्जा तथा उनीहरुका आश्रित परिवारका लागि नेपाली सेनाले मंगलबारबाट २३ गतेसम्म काठमाडौंबाट ईटहरी, हेटौंडा, दोलखा, रामेछाप, चौतारा, त्रिशुली, धादिङ्ग, बुटबल, पोखरा, धनगढी, र नारायणगढसम्म जाने र आउने गरी निःशुल्क बस सेवा सुरु गरेको  हो।
 
सो बसमा सम्बन्धित स्थानबाट प्रत्येक दिन विहान ६ः०० बजे छुट्ने र प्रति सैनिक व्यक्ति बढीमा ४ जनाले सुविधा लिन पाउने व्यवस्था मिलाइएको छ। यसैगरी, महानवमीदेखि एकादशीसम्म ३ दिन (आश्विन २४–२६) काठमाडौं उपत्यका भित्र सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने भएकाले सैनिक तथा गैह्र सैनिक व्यक्तिहरुको आवागमनलाई सहज बनाउन ८ वटा छुट्टा–छुट्टै रुटहरुमा बस संचालन हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। 
 
प्रत्येक दिन बिहान ६ः०० बजे, ११ः०० बजे र ४ः०० बजे भद्रकालीबाट ३० सिट क्षमताको १–१ वटा बस निःशुल्क संचालन गर्ने व्यवस्था मिलाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ