arrow

नक्कली भुटानी शरणार्थी प्रकरणबारे बालकृष्ण खाँडले जनाए आपत्ति 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २३ शनिबार
balkrishna-khand.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँडले विभिन्न सञ्चारमाध्यममा आफूबारे भ्रामक समाचार आएको भन्दै त्यसको खण्डन गरेका छन् ।

विज्ञप्ति जारी गर्दै खाँडले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र आफूमाथि भ्रामक समाचार आइरहेको भन्दै त्यसको खण्डन गरेका हुन् ।

‘आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भएको भन्दै जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्यौल उत्पन्न हुने र व्यक्तिगत चरित्र हत्या हुने हुँदा त्यस्ता समाचार सम्प्रेशित नगर्ने अनुरोध गर्दछु’, उनले भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ