arrow

टोपबहादुर भारत पुगेको प्रहरीको निष्कर्ष

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २६ मंगलबार
top-bahadur-rayamajhi-argakhanchi-uml-mp-2079-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रहरीलाई झुक्याएर बच्न सफल नेकपा एमालेका सचिव, सांसद एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी भारतमा पुगेको निष्कर्ष निकालिएको छ । उनी भैरहवा हुँदै भारतको गोरखपुर पुगेको प्रहरीले निष्कर्ष निकालेको छ । 

प्रहरीले भारतमा एउटा टोली नै खटाएर टोपबहादुरलाई खोज्ने रणनीति बनाएको प्रहरीको उच्च स्रोतले बतायो । गत साताको बुधबार टोपबहादुरलाई पक्राउ गर्न पुर्जी जारी भएको भए पनि टोपबहादुर भने निर्वाध रुपले अर्घाखाँचीबाट सभामुख देवराज घिमिरेसँग सँगसँगै बुटवल आएर काठमाडौँ आउँदा पक्राउ पर्ने भयले भैरहवाबाट बेपत्ता भएका थिए । 

उनले काठमाडौं आउन बुधबार रातिको टिकट काटेको भए पनि काठमाडौंँ आएनन् । त्यतिमात्र हैन उनलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा आफू आफैँ आएर आत्मसमर्पण गर्ने बताएर फरार भएका थिए । 

यहाँनेर आफै आउँछु भने पनि प्रहरीले आरोपीलाई छाड्नु ठूलो गल्ती भएको छ । अहिले प्रहरीले टोपबहादुरलाई खोज्न देशभरकै निकायमा परिपत्र गरेको छ । 

तर उनी भारत गएको निष्कर्ष निकाल्दा प्रहरीले नै उनलाई धपाउन सघाएको आरोपसमेत खेपेको छ । 

प्रहरी स्रोतका अनुसार टोपबहादुरको पार्टीका नेही नेताहरुसँग सम्पर्क भइरहेको शंका भइरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर पटक पटक टोपबहादुरको कुरा झिकिररहँदा सम्पर्क भइरहेको हुन सक्ने प्रहरीको अनुमान छ । 

उनका छोरा सन्दीपलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ । उनको नाममा डेढ करोडको चेकसमेत प्रहरीले फेला पारेको छ । बाबुको सहयोग बिना सन्दीपले यति ठूलो रकम हातपार्न नसक्ने निश्चित नै रहेको प्रहरी स्रोतको दाबी छ । 

अहिलेसम्म नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करिब ८७५ जना नेपालीसँग १० देखि ५० लाखसम्म रकम उठाउन सक्रिय रहेको आरोपमा गिरोहका आठ जनालाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ । 

यो विषयले संसदमा पनि प्रशस्त ठाउँ पाएको छ । यस्तो गिरोहमा जोसुकै ठूलो मानिस भए पनि नछाड्न माग गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ