arrow

खाँडलाई म्याद थपका लागि लगियो अदालत

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २७ बुधबार
balkrishna-khand-arrest.jpg

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँडलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ । 

काठमाडौं प्रहरी परिसर टेकुबाट उनलाई म्याद थपका लागि अदालत लगिएको हो । उनलाई अनुसन्धानका लागि प्रहरीले बुधबार बिहान मैजुबहालस्थित निवासबाट पक्राउ गरेको हो ।

 जिल्ला प्रहरी परिसर काठमाडौंबाट उनलाई दिउँसो ३ बजे बबरमहलस्थित जिल्ला अदालत काठमाडौं लगिएको हो । 

 नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पाउने ठगी प्रकरणमा अनुसन्धानका लागि उनलाई प्रहरीले पक्राउ गरेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ