arrow

नक्कली भुटानी शरणार्थी प्रकरण

खाँडलाई चार दिन हिरासतमा राख्न अनुमति

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २७ बुधबार
balkrishna-khand-arrest1.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँडलाई ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँडलाई अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले अनुमति दिएको हो । 

उनलाई अनुसन्धानका लागि प्रहरीले बुधबार बिहान मैजुबहालस्थित निवासबाट पक्राउ गरेको थियो । 

आफू गृहमन्त्री हुँदा खाँडले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री खाँडको समेत नाम लिएका थिए ।

बुधबार नै खाँडका स्वकीय सचिव नरेन्द्र केसीसमेत पक्राउ परेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ