arrow

मेरो दशैं - दशैंमा पनि भन्सार अनुगमनमा हुन्छुः योगेन्द्र गौचन

logo
प्रकाशित २०७३ असोज २० बिहिबार
yogendra-gauchan-custom-TIA.jpeg
काठमाडौं। हाम्राकुरा डटकमको मेरो दशैं सेगमेन्टमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख योगेन्द्र गौचनले केहि रमाइला प्रसङगहरु साटेका छन्। प्रस्तुत छ सोहि कुराकानीको केहि अंशहरु
 
प्रश्नः दशैं कहाँ मनाउँदै हुनुहुन्छ ? 
जवाफः यो पटकको पनि दशैं काठमाडौंमा नै मनाउँदै छु । अहिले त सबैजना यतै पनि रहेका छन् । फेरि दशैंमा पनि कार्यालय बन्द नहुने भएकोले यात्रुहरूले दशैंमा पनि दुख नपाउन् भन्नको लागि बेलाबेलामा निगरानी गर्न गईरहेको हुन्छु । त्यसैले यो वर्ष पनि काठमाडौमा नै दशै मनाउँछु ।
 
प्रश्नः दशैंमा रमाइलोका लागि के गर्नुहुन्छ ?
जवाफः परिवारसँग रमाइलो गरिन्छ। भेटघाट हुन्छ । तास खेल्न अलिअलि आउँछ । किट्टी र म्यारिज खेल्न आउँछ अलिअलि खेल्ने पनि गरेको छु । तर तास खेलेर बस्ने फुर्सद् नै हुँदैन । कतिले चंगा पनि उडाउछन् तर मलाई भने चंगा उडाउन आउँदैन ।    
 
प्रश्नः दशैंमा मासु कत्तिको खानुहुन्छ कि खानुहुन्न ?  
जवाफः म त भेजिटेरियन परेँ । मासु खान्न । भेजिटेरियनले खाने कुराहरू खाने गरेको छु । 
 
प्रश्नः टीकाटालो गर्दा कस–कसलाई पैसा दिनुहुन्छ, को–को बाट पैसा लिनुहुन्छ ? 
जवाफः हाम्रो त टीकाको चलन पनि आएको धेरै भएको छैन । सबै जना एकै ठाउँमा आएर टीका लगाउने गरिएको छ । 
 
प्रश्नः दशैंमा नयाँ लुगा किन्नुहुन्छ कि किन्नुहुन्न ? 
जवाफः दशैंमा परिवारका अन्य सदस्यलाई त कपडा किनिन्छ । तर आफूलाई भने दशैंको लागि भनेर नै किन्ने चलन छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ