काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपाललाई सञ्चार मिडिया काउन्सिल बनाउने भएको छ ।
सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस काउन्सिलाई सञ्चार क्षेत्रको अनुगमन गर्ने बलियो संचनाका रुपमा विकास गर्न नयाँ कानूनमार्फत् मिडिया काउन्सिल बनाउने जानकारी दिएका हुन् ।