arrow

लुम्बिनीमा थपिए पाँच मन्त्री

logo
नारायण वली,
प्रकाशित २०८० जेठ ८ सोमबार
lumbini-pradesh- sabha-1.jpg

रुपन्देही। लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार सोमबार भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एक–एक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

यसरी नयाँ मन्त्रीको रुपमा कांग्रेसका राजु खनाल स्वास्थ्य मन्त्री, लोसपाका सन्तोषकुमार पाण्डेय आन्तरिक मामिला कानून तथा सहकारी मन्त्री, भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्री, चन्द्रकेश गुप्तालाई सामाजिक मन्त्री र धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरिएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

यसअघि लुम्बिनी प्रदेश सरकारमा माओवादीका धनबहादुर मास्की अर्थमन्त्री बनिसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ