arrow

चन्द्र भण्डारीले केपी ओलीलाई भने –नेपालमा जलन अस्पताल निर्माण गरौँ [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १० बुधबार
chandra-bhandari-kp-oli-team (4).jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा नेपालमा जलन अस्पताल निर्माणको काम थाल्नुपर्ने बताएका छन् । 

बुधबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएपश्चात सभामुख देवराज घिमिरेको कार्यकक्षमा भण्डारी र ओलीबीच भेटवार्ता भएको हो । सम्बोधनपछि सभामुख घिमिरेको कार्यकक्षमा बसेका भण्डारीलाई भेट्न अध्यक्ष ओली पुगेका थिए । 

सोही अवसरमा भण्डारीले नेपालमा जलन अस्पताल आवश्यक रहेको बताउँदै तत्कालै काम शुरु गर्न अध्यक्ष ओलीको ध्यानाकर्षण गराएका हुन् । 
गत ३ फागुनमा भएको आगलागीमा परेर स्वास्थ्यलाभ गरिरहेका भण्डारीले ओलीसँगको भेटमा भने, ‘मेरो बारेमा तपाईंले भन्नुभएको सुनेँ, गुल्मीमा पनि बोल्नुभएको सुनेँ ।  गुल्मीबाट पनि स्वास्थ्य लाभको कामना गर्नुभयो । थ्याङ्क यू सो मच । मैले आमा बितेको दुई महिनापछि मात्रै थाहा पाएँ ।’ 

जवाफमा एमाले अध्यक्ष ओलीले भने, ‘तपाईं फर्केर आउनुहुन्छ भन्ने विश्वास थियो । निको भएर आएपछि भेट भयो । खुशी लागेको छ ।’

 

chandra-bhandari-kp-oli-team (2).jpg
chandra-bhandari-kp-oli-team (3).jpg
chandra-bhandari-kp-oli-team (4).jpg
chandra-bhandari-kp-oli-team (5).jpg
chandra-bhandari-kp-oli-team (6).jpg
chandra-bhandari-kp-oli-team (7).jpg
chandra-bhandari-kp-oli-team (8).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ