काठमाडौं । चिकित्सा क्षेत्रको वेथिति रोक्न आमरण अनसन बसेका प्राडा गोविन्द केसीले आमरण अनसन तोड्दै छन् ।
सरकारसंग भएका सहमति पालना नभए पनि चाडबाडलाई मध्यनजर गर्दैै डा केसीले १२ औं दिनको आमरण अनसनपछि शुक्रबार राति आमरण अनसन तोड्न लागेको उनी निकट स्रोतले बताएको छ ।
डा. केसी नवौं पटक गत असोज ९ गतेदेखि आमरण अनसनमा छन् ।