arrow

पीडा उखु किसानका [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १२ शुक्रबार
ukhu kisan.jpg

काठमाडौं । कपिलबस्तु किसान मजदूर संघ तथा उखु किसान सङ्घर्ष समितिका अध्यक्ष अनुपकुमार चौधरी कृषि मन्त्रालय जाँदा उद्योग मन्बालय जान भन्छन् । फेरि यो त आर्थिक विषय हो अर्थ मन्त्रालय जान भन्छन् । तर कुरा उही भन्छन् । यो त कृषि मन्त्रालयमै जानु भनेर पठाउँछन् । 

जेठ १ गते आएका उनीसहित ३१ जनाको टोलीको दिनचर्या यसरी नै बित्ने गरेको छ। आजको दिनसम्म त्यहीँ धाएरै मात्र गयो, काम केहि पनि हुन सकेन भनेर माइतीघर मण्डलामा बसेर गुनासो सुनाउँदै थिए । 

उनीहरु गौशाला बस्छन् । अनुपलाई भेट्न पनि बिहानै टोली माइतीघर आएको बेलामा मात्र भेट्न पाइन्छ नत्र उनको काम बिहान गौशालाबाट आएर अरु उखु किसानहरुलाई माइतीघरमै शान्तिपूर्ण धर्ना दिन बस्न भनेर फिल्डमा जाने गर्छन् । 

काम नभएको बेला उनी पनि आएर बस्ने गर्छन् । अनुप भन्छ्न्, ‘हामी आएर आन्दोलन गरेको नि १२ दिन भैसक्यो । बस्न खान खर्च बढेको बढै छ । काम गर्न निस्किदा एउटा मन्त्रालयदेखि आर्को मन्त्रालाय धाउदै दिन बित्छ । हाम्रो पीडा कले सुनिदिने खै सरकार ? नजिकै छ भनेर प्रदेश सरकार जाँदा कुरा नै नसुनिदिने भएर राजधानी आएर नि तेहि हुने भयो ।’

यसरी उखु किसानहरु बर्सेनि काठमाडौं आएर विभिन्न मागहरु उठाउदै आउने गर्छन् । 

कपिलबस्तुबाट आएका उखु किसानहरुको माग पनि उस्तै हो । आर्थिक वर्ष ०७१–०७२ मा नेपाल सरकारले रु. २५ प्रति क्विन्टल अनुदान उखु किसानलाई दिने निर्णय गरे तापनि हालसम्म नपाइएको अनुदान रकम तत्काल ब्याजसहित असुल उपर गराइ दोषीमाथि कारबाही  गरियोस् भन्ने माग लगायत विभिन्न समयमा सरकारले तोकेको रकम भन्दा चिनी मिलहरुले कम मूल्यमा उखु खरिद गरेको हुनाले काटिएको रकमसमेत उपलब्ध गराउन र ट्याक्टर खरिद गर्दा सहुलियत दरमा भन्सार गराइ कृषकले स्वयं ल्याउन पाउने गरी व्यवस्था मिलाइयोस् भन्ने जस्ता यस्तै मागहरु लिएर कपिलबस्तुका किसानहरु माइतीघरको सडकमा बसिरहेका छन् । 

f5eaaff7-ce38-4352-bdd5-334da6d527af.jpg
21ca2b43-7308-4fb1-9d9e-c99280133d70.jpg
0f15073d-644c-41d7-926c-50e3a8a20d09.jpg
0443a1c9-49f2-4f4e-8f60-f0f00e622d4d.jpg
c77ef091-6ef5-4d2f-bf37-b9089e9c7c7f.jpg
5207765a-3d83-406f-9e79-8a3532e05d7c.jpg
01ee4799-88a8-4af7-bca4-0d0f492e9bac.jpg
7b1c5405-9b80-4f58-a530-351c10ef9b81.jpg
d8d5c282-7685-47fe-ae81-62366b12ed99.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ