arrow

अस्पतालमा आगलागी, तीनको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १६ मंगलबार
fire-final_1618024271.jpeg
तस्बिर – फाइल ।

अस्ट्रिया । अस्ट्रियाको एक अस्पतालमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । राजधानी भिएनाबाट १४ किलोमिटर  टाढा रहेको मोडलिङस्थित अस्पतालमा आगो लाग्दा उक्त हताहती भएको हो । 

आगो लाग्नुको कारण अझै नखुलेको उल्लेख गर्दै अस्पतालका प्रवक्ताले एक सय ७० वटा दमकल र ३३ वटा आगो निभाउने सवारी साधन प्रयाग गरेर दुई घण्टाको लामो प्रयत्नपछि आगो निभाइएको बताए । 

यो घटना स्थानीय समयअनुसार आज बिहान १ बजेको हो । घाइतेहरूलाई अन्य स्वास्थ्य संस्थामा सारिएको जनाए पनि ती प्रवक्ताले कति जना घाइते भएका थिए भन्ने बारेमा केही उल्लेख गरेका छैनन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ