arrow

मेरो दशैं - यो दशैं तीर्थस्थल भ्रमणमाः हरिहर विरही

logo
प्रकाशित २०७३ असोज २३ आइतबार
Harihar-Birahi-dashain.jpeg
काठमाडौं। भर्खरै आगो निभेको छैन पुस्तक प्रकाशनमा ल्याएका बरिष्ठ पत्रकार हरिहर विरहीले हाम्राकुरा डटकमसँग आफ्नो दशैको अनुभव साँटेका छन्। प्रस्तुत छ विरहीसँग गरिएको कुराकानीका केहि अंशहरुः 
 
प्रश्नः दशैं कहाँ मनाउँदै हुनुहुन्छ ?
जवाफः यस भन्दा अघिका त सबै दशैंहरू नेपालमा नै मनाईैएको थियो । तर यो वर्ष भने मेरो परिवार सबैजना भारतमा रहेकोले यो वर्षको दशैं भारतको तीर्थस्थलहरूमा घुमेर मनाउने तयारी गरेको छु । बृन्दावन र हरिद्वार पनि जाने तयारीमा छु ।
 
प्रश्नः दशैंमा कसरी मनोरञ्जन लिने गर्नु भएको छ ? 
जवाफः सानोमा हुँदा त त्यत्तिकै पनि मनोरञ्जन भई नै हाल्थ्यो अब त छोरा छोरी नै हुर्किसकेको मान्छेको त रमाईलो गर्ने पारा नै अर्कै हुन्छ नि। सानोमा हुँदा त जुवातास पनि खेल्ने गरिन्थ्यो। तासमा पनि २८ र १७ खेल्ने चलन थियो । तर, अहिले त्यो पनि हराईसकेको छ। पछिल्लो समय त कहिलेकाँही फरास खेलिन्थ्यो। यो दशैंमा त नेपालबाहिर जाने भएपछि त्यो पनि खेलिन्न होला।
 
प्रश्नः दशैंमा मासु खानुहुन्छ कि खानुहुन्न ? 
जवाफः अहिलेसम्म खान छाडिसकेको छैन । तर रूचि भने मर्दै गएको छ । अहिलेसम्म चाहिँ दशैंमा खसीकै मासु खाने गरेको छु ।     
 
प्रश्नः टीकाटालो गर्दा कस–कसलाई पैसा दिनुहुन्छ, को–को बाट पैसा लिनुहुन्छ ?  
जवाफः टीकाटोलोमा अरू वर्ष त घाटा लाग्थ्यो यो वर्ष त ससुराली पनि नजाने भएपछि त यो वर्ष झनै घाटा लाग्ने पक्कापक्की जस्तै भएको छ (मुस्कुराउँदै...) । अरू वर्ष पनि घाटामा नै हुन्छु । लिनेभन्दा दिने ठाउँ र मान्छे भएपछि घाटा लाग्ने त स्वभाविकै होकी कि कसो ?
 
प्रश्नः दशैंमा नयाँ लुगा किन्नुहुन्छ कि किन्नुहुन्न ? किनिसक्नु भयो कि छैन ?
जवाफः दशैंमा बिशेष रुपमा नयाँ कपडा किन्ने चलन छैन। चाहिएको बेलामा नयाँ कपडा किनिहालिन्छ । त्यसैले दशैं स्पेसल भनेर त्यस्तो केही पनि हुँदैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ