arrow

चौबीस घन्टाका लागि मदिरा बिक्रीमा रोक

logo
प्रकाशित २०७३ असोज २४ सोमबार
alcohol-bottles-and-glasses.jpeg
कञ्चनपुर । कञ्चनपुरमा दसैँका बेला २४ घन्टाका लागि मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको छ । 
 
मदिरा नियन्त्रण समिति कञ्चनपुरले आयोजना गरेको सर्वपक्षीय बैठकमा दसैँका बेला २४ घन्टाका लागि मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएको हो । 
 
“चाडपर्वका बेला मदिरा बिक्री वितरण र सेवनले समाजमा अशान्ति मच्चाउने, झैझगडा हुने, दुर्घटना निम्तिने र महिलामाथि हिंसालगायतका घटना हुने भएकाले अवाञ्छित क्रियाकलाप न्यूनीकरणका लागि रोक लगाउने निर्णय गरेका छौँ” – मदिरा नियन्त्रण समिति कञ्चनपुरका अध्यक्ष भगवती थापाले भने ।
 
मदिरा बिक्री वितरण र सेवनमा रोक लगाउनका लागि प्रहरीका सबै एकाइमा पत्राचार गरिएको उनले बताए । 
 
रोक लगाइएका बेला मदिरा बिक्री वितरण र सेवन गरेको पाइए हदैसम्मको कारबाही हुने बताइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ