arrow

साँगादिन बजारमा आगलागी, तीन घर नष्ट

logo
प्रकाशित २०७३ असोज २४ सोमबार
fire.jpeg
ताप्लेजुङ । ताप्लेजुङको खेवाङ गाविसस्थित साँगादिन बजारमा भएको आगलागीले तीन घर जलेर नष्ट भएका छन् । 
 
आइतबार राति करिब १ बजे अचानक भएको आगलागीले खेवाङ–४ का श्रीप्रसाद भट्टराई, ठाकुरप्रसाद दाहाल र कृष्णप्रसाद दाहालको घर पूर्णरुपमा जलेर नष्ट भएका हुन् । 
 
घरसँगै रहेको पसल, घरभित्र रहेका अन्य सम्पूर्ण सामान जलेर नष्ट हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । 
 
स्थानीयले बताएअनुसार कृष्णप्रसाद दाहालको भान्छाकोठा नजिकैको दाउराको हारबाट अचानक राति करिब १ बजे आगलागी सुरु भएको थियो तर प्रहरीले भने आगलागीको कारण यकिन नभएको बताएको छ । 
 
आगलागी भएको जानकारी पाउनासाथ स्थानीयवासी, प्रहरीले आगो नियन्त्रणको प्रयास गरेपनि रातको समय भएकाले समयमानै आगलागी नियन्त्रण हुन नसकेको खेवाङ प्रहरी चौकीले बताएको छ । 
 
अन्य नजिकै जोडिएर रहेका घर भने आगलागीबाट जोगाउन सफल भएको बताइएको छ । आगलागी सोमबार बिहान मात्रै नियन्त्रणमा आएको बताइएको छ । 
 
आगलागीका कारण लाखौँ मूल्य बराबरको क्षति भएपनि क्षतिको विवरण सङ्कलन भइरहेकाले क्षतिको यकिन विवरण प्राप्त भएको छैन । आगलागीले मानवीय क्षति भने भएको छैन । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ