arrow

पूर्वराष्ट्रपति डा यादव क्यान्सरमुक्त

logo
प्रकाशित २०७३ असोज २४ सोमबार
rambaran-yadav.jpeg
वासिङ्टन डिसी । अमेरिकाको डेट्रोएटमा रहेको हेनरी फोर्ड अस्पतालमा उपचार गराइरहेका पूर्व राष्ट्रपति डा रामवरण यादवले अस्पतालका डाक्टरको निगरानीमा स्वास्थ्य लाभ गरिरहेका छन् ।  
 
यादवकी छोरी अनिता यादवले गत अक्टोबर २ तारिखमा गरिएको सफल शल्यक्रियापश्चात् उनी अस्पतालको अतिथि गृहमा चिकित्सकको निगरानीमा रहिरहेको बताइन् ।  
 
अनिताले पूर्वराष्ट्रपति यादवको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै भनिन् – अब बुबा क्यान्सरको सङ्क्रमणबाट मुक्त हुनुभएको छ । अहिले उहाँलाई प्रोटिनयुक्त खानेकुराका साथमा आराम गर्न चिकित्सकले सल्लाह दिएका छन् ।’ 
 
गत अक्टोबर २ तारिखको दिन डा मनि मेननको नेतृत्वमा रहेको चार सदस्यीय टोलीले पूर्वराष्ट्रपति यादवको प्रोस्टेटको शल्यक्रिया गरेकोे थियो । 
 
रोवोटिक सर्जरी प्रविधिमा आधारित उक्त शल्यक्रिया करिब चार घन्टामा सकिएको छोरी अनिताले जानकारी दिइन् । 
 
यादव उपचारपश्चात् अक्टोबरको अन्तिम साता नेपाल फर्किने कार्यक्रम रहेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ