arrow

मेरो दसैं - मलाई त दशैं भन्दा पनि चुनाव पो लागेको छ: उपेन्द्रमान सिंह

logo
प्रकाशित २०७३ असोज २४ सोमबार
upendraman-singh-dashain-2073.jpeg
काठमाडौं। उपेन्द्रमान सिंह नेपाली फुटबल क्षेत्रको परिचित नाम हो । खेलाडी त्यसपछि प्रशिक्षकको भूमिकामा देखिएका तिनै उपेन्द्रमान सिंह यतिखेर एन्फाको चुनवी दौडमा छन् । एन्फाको आगामी चुनावको लागि उपाध्यक्षको उमेरद्वारी दर्ता गराएका सिंहलाई दशैंमा पनि फुर्सद छैन । चुनावका कारण निकै व्यस्त रहेका उपेन्द्रमान सिंहको दशैं भने कस्तो हुँदैछ ? उनको आफ्नै शब्दमा । 
 
मेरो दशैं सुरु भइसक्यो । साथीहरुबीच भेटघाट गर्ने, शुभकामना आदनप्रदान गर्ने काम भइरहेको छ । तरपनि अलिक व्यस्त छु । भन्नै पर्दा मलाई चाँही यो दशैंसँगै अर्को चुनावी दशैं पो मज्जाले लागेको छ त ! एन्फाको आगामी निर्वाचनमा उपाध्यक्षको लागि उमेद्वारी दर्ता गरेको छु । त्यही हो चुनावी तालमेल, वातावरण मिलाउनमा व्यस्त छु । हाँस्दै- चुनावले गर्दा यसपालीको दशैं हलिक ओझेलमा पर्यो भनुम !
 
घुमफिर
दशैंमा खाँसै घुमफिर गरिँदैन । घर परिवारका साथ नै दशैं मनाइन्छ । अब इष्टमित्र नरनाता जम्मा हुने भनेकै यहि दशैंमा हो । फेरि हाम्रो परिवार त ठूलो परिवार छ । सबैजना एकैठाउँमा । त्यसैले बाहिर घुमफिर भन्दा पनि दशैं त घरमै पो रमाइलो हुन्छ । फेरि पछिल्लो समय आफ्नो काम, अरु कामले गर्दा व्यस्त छु त्यसैले बाहिर निक्लिने त फुर्सद नै मिल्दैन । 
 
सपिङ
हाँस्दै- हाम्रो त सपिङ सबैको भइसक्यो । आफ्नो, श्रीमती, बालबच्चा, घरपरिवार सबैको । ठूलो परिवार भएकोले हाम्रो घरव्यवहार चाँही बुवा-आमाले नै हेर्नुहुन्छ । हामी त उहाँहरुलाई रकम जुटाइदिने हो, त्यसपछिको सम्पूर्ण जिम्मा उहाँहरुकै । यसले गर्दा मलाई चाँही ढुक्क छ । 
सपिङमा खर्च थुप्रै भयो नि । फेरि हाम्रो त ठूलो परिवार । सबैको सपिङ गर्दा रकम अलिकति मोटो भइहाल्छ नि । त्यसमाथि बजार मंहगी उस्तै छ ।   
   
दशैं स्पेशल
दशैंको स्पेशल त्यस्तो मज्जाको छैन । हामी नेवारहरुको भोज लामो समयसम्म हुन्छ । त्यही त हो खाने, रमाइलो गर्ने । अर्को भनेको दशैंमा ससुराली गइन्छ । अरुबेला ससुराली जानु र दशैंमा ससुराली जानुको मज्जा नै बेग्लै । ससुरालीमा टीका लगाइन्छ । हाँस्दै- दक्षिणामा चाँही अलिक घाटा लाग्छ मलाई । श्रीमती र केटाकेटीहरुलाई बढी दिन्छन्, मलाई चाँही त्यस्तो धेरै आउँदैन । 
फेरि मलाई त ससुराली मा स्पेशल ट्रिट हुन्छ । एक किसिमले भन्दा म चाँही ससुरालीमा सबैको आकर्षणमा पर्ने ज्वाँइ हुँ । 
 
बाल्यकालको दशैं
केटाकेटीको दशैं अब रमाइलो हुन्थ्यो नि । खेल्न पाइने, घुम्न पाइने, मिठो-मिठो खान पाइने । यति भएपछि केटाकेटीलाई के चाहियो । चङ्गा उडाइन्थ्यो । पिङ खेलिन्थ्यो । अहिले पनि केटाकेटीलाई पिङ खेलाउन लैजान्छौं । केटाकेटी पिङ खेलेको देखेर आफुलाई पनि बाल्यकालको याद आउछ । अनि गएर एकदुई पटक पिङमा मच्चियो । तर त्यो बेलाको जस्तो मज्जा अहिले नहुने रैछ ।   
 
दशैंको अविस्मरणीय क्षण
एक पटक गज्जबको घटना घटेको छ । म त्यतिबेला सानै थिए । हाम्रो नेवार समुदायमा त दशैंमा जाँड खाने चलन हुन्छ । त्यसबेला मलाई पनि केही ठूलाहरुले उचालेर जाँड खान लगाए । मैले पनि मिठो मानेर निकै खाइदिएको थिए पछि त जाँडको मात लाग्न थालेछ । त्यसपछि त म कतिखेर निदाएछु । पछि उठ्दा त भोलि बिहान पो भइसकेछ । यो घटना म कहिल्यै पनि बिर्सिन्न । 
 
र अन्त्यमा नेपाली खेलकुदलाई माया गर्नुस् भन्दै सबै खेलकुदप्रेमी र नेपालीहरुमाँझ विजय दशमीको शुभकामना भन्न चाहान्छु । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ