arrow

नक्कली शरणार्थी प्रकरण

पक्राउ परेका सबैको बयान सकियो, आइतबारबाट थुनछेक बहस, फरारको खोजी जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १९ शुक्रबार
nakkali-bhutani-sharanarthi-16-aaropi.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ अभियुक्तको बयान सकिएको छ । शुक्रबार पूर्वगृहमन्त्री बालकृष्ण खाँड, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र हरिभक्त महर्जनको बयान भएसँगै पक्राउ परेका सबैको बयान सकिएको हो ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरूको जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा शुरु भएको थियो ।
अब आइतबारबाट थुनछेक बहस शुरु हुने अदालतका सूचना अधिकारी दीपक दाहालले बताए । 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले यस प्रकरणमा जेठ १० गते ३० जनाविरुद्ध पाँच अभियोगमा मुद्दा दर्ता गरेको थियो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करोडौँ रकम लिएर ठगी गरेको आरोपमा ठगीको कसुरसहित किर्ते, राज्यविरुद्धको अपराध, एकीकृत कसुर र संगठित अपराधमा मुद्दा दर्ता भएको थियो । 

आइतबारबाट शुरु हुने थुनछेक बहसपछि उनीहरूलाई थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुने छ । 

थुनछेक बहसमा सरकारी वकिलको तर्फबाट आठ जनाले बहस गर्ने छन् । 

यता अभियुक्तका तर्फबाट भने प्रत्येक अभियुक्तका आ–आफ्ना कानून व्यवसायीले बहस गर्ने छन् ।

यता, अझै फरार सूचीमै रहेकाहरुको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ । 

त्यसैगरी आशंका गरिएका र उक्त प्रकरणमा मुछिएका हुन सक्नेहरुमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ