arrow

अध्यक्ष ओलीको शुभकामना सन्देश

logo
प्रकाशित २०७३ असोज २५ मंगलबार
kp-ili.jpg.jpeg
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बडादसैँको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै यस पर्वले संविधानले निर्धारित गरेको समयसीमामा संविधानको प्रभावकारी कार्यान्वयनका लागि सबै राजनीतिक शक्तिमा प्रेरणा मिलोस् भनी कामना गरेका छन्।
 
अध्यक्ष ओलीले आज दिएको सन्देशमा बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक नेपालीबीचको एकता र सद्भावको निरन्तरता एवम् राष्ट्रिय एकताको लागि कामना पनि गरे।
 
यसैबीच, अध्यक्ष ओली विजया दशमीका दिन बालकोटस्थित निवासमा बिहान १० देखि १२ बजेसम्म परिवार र आफन्त तथा १२ देखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकलाई टीका लगाउन व्यस्त रहनुहुने उहाँका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ