arrow

नक्कली भुटानी शरणार्थी प्रकरण

रायमाझी र खाँड अदालतमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २१ आइतबार
topbahadur-rayamajhi-balkrishna-khand.jpg

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर हिरासतमा रहेका एमाले नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँडलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । 

प्रकरणमा मुछिएका रायमाझी र खाँड सहित १८ आरोपीहरूलाई आइतबार बिहान थुनछेक बहसका लागि अदालतमा उपस्थित गराइएको हो । 

खाँडको पक्षमा बहस गर्न पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती र महादेव यादव तथा बारका वर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्षद्धय शेरबहादुर केसी र प्रेमबहादुर खड्कालगायतका वरिष्ठ अधिवक्ताले नाम टिपाएका छन् । 

हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न भएपछि आजदेखि थुनछेक बहस शुरु हुन लागेको हो । सो थुनछेक बहसपछि आरोपीहरूलाई पुर्पक्षमा पठाउने–नपठाउने भन्ने बारेमा क्रमशः निर्णय लिइनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ