arrow

जीवित देवी कुमारीबाट तलेजु भवानीको दर्शन

logo
प्रकाशित २०७३ असोज २५ मंगलबार
Kumari-Nepal-Living-Goddess.jpeg
काठमाडौँ । काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा सोमबार राति जीवित देवी कुमारीलाई दर्शन गराइएको छ । 
 
परापूर्वकालदेखि नै नवमीको मध्यरातमा कुमारीलाई भवानीको पूजा गराउने प्रचलन छ । मन्दिरबाट भवानीको मूर्ति (माथि) सम्म सेतो कपडा बिछाएर कुमारीलाई त्यहाँ लगिएको हो । 
 
मुलुकमा अनिष्ट नहोस् तथा सर्वसाधारणलाई दुःख कष्ट नहोस् भनी विधि विधानअनुसार कुमारीले भवानीको पूजा गरी दर्शन गर्नुभएको कुमारीका सहयोगी एवम् इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यले जानकारी दिनुभयो । 
 
उक्त मन्दिरमा प्राचीन समयमा भवानी र तत्कालीन मल्ल राजाको भेट हुने तथा पासा खेल्ने परम्परा रहेकोमा राजाले कुदृष्टि लगाएपछि भवानी लोप भएको विश्वास छ । 
 
पछि वर्षमा एकपटक कुमारीको रुपमा मन्दिरमा आई सबैलाई दर्शन दिने विश्वासका साथ वर्षमा एकपटक मन्दिर खुला गरिन्छ । रासस 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ