arrow

ब्रसेल्स जान बालेनलाई सरकारको स्वीकृति

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २४ बुधबार
balendra-shah-ktm-mayor.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साह (बालेन) लाई विश्व महानगर सम्मेलनमा भाग लिन ब्रसेल्स जान स्वीकृति दिएको छ । 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगर प्रमुख साहको बेल्जियमको भ्रमण स्वीकृति दिने निर्णय गरेको हो । 

यो निर्णयसँगै जेठ २९ देखि ३२ सम्म ब्रसेल्समा हुने विश्वका महानगरपालिकाहरूको शिखर सम्मेलन तथा अर्बान समिटमा भाग लिन साह बेल्जियम जाने बाटो खुलेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ