arrow

थिमिको प्रसिद्ध कुभिन्डेजात्रा

logo
रासस,
प्रकाशित २०७३ असोज २७ बिहिबार
Kubindhe_Jatra_Thimi1.jpeg
भक्तपुर। विजयादशमीको अवसरमा मध्यपुर थिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिन्डेजात्रा आज सम्पन्न भएको छ। नेवार भाषामा खाँः भनेर चिनिने सो जात्रा घटस्थापनाको दिन थिमिको लायकूस्थित तलेजू मन्दिरमा जमरा राखी सुरु गरिएको थियो। कुभिन्डेजात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपाती ल्याई तलेजु दसैँघरमा भित्र्याएपछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ। 
 
नवमीका दिन कोतमा बलि दिइएको राँगोको टाउको र दशमीको दिनदेखि पूजा गरेको कुभिन्डोलाई बाजागाजाका साथ विगुल फुक्दै लायकू दरबारबाट दिगुभैरव परिक्रमा गरी बालकुमारी ल्याइएको थियो। एकादशीका दिन आज तीनजना पमा (थकाली), बाजा बजाउने कुस्ले, कपाली, मुकुन्डो लगाएर तरबार बोक्ने र माला बोक्ने कुटु, विगुल फुक्ने, राजदण्ड समाउने नाइके, राजोपाध्यायसहितको संलग्नतामा जात्रा सम्पत्र गरिएकोे हो। 
 
बाजागाजासहित लायकूबाट ल्याइएको कुभिन्डोलाई बालकुमारीअगाडि कर्माचार्यले पूजा गरेपछि थकाली (पमा) ले बलि दिएका थिए। कुभिन्डोको टुक्रा टिपेर लानसक्नेको घरमा सुःख, शान्ति हुने र ती टुक्राले औषधिको समेत काम गर्ने जनविश्वास रहिआएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ