arrow

फ्रेन्च ओपन उपाधिका लागि जोकोभिच र रुड भिड्दै, इगा महिलातर्फ च्याम्पियन

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २८ आइतबार
iga-french-open-2023.jpg

काठमाडौं । पोलिस खेलाडी विश्व नम्बर एक इगा स्वेटेकले फ्रेन्च ओपन टेनिसको उपाधि जितेकी छिन् । पेरिसमा शनिबार भएको फाइनलमा चेक रिपब्लिकका कारोलिना मुचोभालाई हराउँदै इगा च्याम्पियन बनेकी हुन् ।

२१ वर्षीया इगाले कारोलिनालाई ६–२, ५–७ र ६–४ ले पराजित गरिन् । इगाले तेस्रो पटक फ्रेन्च ओपन जितेकी हुन् । यसअघि उनले २०२० र २०२२  मा उपाधि जितेकी थिइन् ।

इगाको यो चौथो ग्रान्डस्लाम उपाधि हो । पुरुषतर्फको फ्रेन्च ओपनको उपाधिका लागि सर्वियन खेलाडी नोभाक जोकोभिच र नर्वेजियन खेलाडी कास्पर रुड भिड्दै छन् । 

३६ वर्षे जोकोभिच कीर्तिमानी २३ औँ ग्राण्डस्लाम उपाधिको नजिक छन् । २४ वर्षे रुडलाई हराए त्यो कीर्तिमान जोकोभिचले राख्नेछन् । 

जोकोभिच र स्पेनिश खेलाडी रफाइल नदालले समान २२ ग्राण्डस्लाम जितेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ