arrow

उल्टै प्रहरीमाथि आक्रमण गर्न खोजेपछि

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २९ सोमबार
gun-bullet-ar.jpeg

काठमाडौं ।  नेपाल प्रहरीले लागूऔषध ओसारपसारमा संलग्न एक व्यक्तिलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । 

प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले काठमाडौं महानगरपालिका-९ सिनामङ्गलस्थित मोरङ बेलबारी गेष्ट हाउस नजिकबाट हेमन्तकुमार भगतलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।

प्रहरीले लागूऔषध कारोबार गरेको गोप्य सूचनाका आधारमा भगतलाई नियन्त्रणमा लिन खोज्दा उल्टै प्रहरीमाथि आक्रमण गर्न खोजेपछि घुँडामुनि गोली हानेर नियन्त्रणमा लिइएको ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । 

प्रहरीले हानेको गोली लागेर घाइते भएका भगतलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ भगतसँग एक सय ग्राम खैरो हिरोइनसमेत बरामद गरेको प्रवक्ता जोशीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ