arrow

नीति तथा कार्यक्रम बहुमतले पारित

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३१ बुधबार
deukhuri-lumbini.jpg

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । 

प्रदेशसभामा दुईदिनसम्म भएको छलफलमा मंगलबार बसेको दसौँ बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारको तर्फबाट प्रदेशसभासमक्ष आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गर्न प्रस्ताव पेश गरेका थिए । 

सभामुख तुलाराम घर्तीले सरकारको प्रस्ताव सदनसमक्ष निर्णयार्थ पेश गर्दा ध्वनि मतको आधारमा नीति तथा कार्यक्रम पारित भएको हो । 

यसअघि नीति तथा कार्यक्रममा प्रदेशसभामा सत्तापक्ष सांसदले नीति तथा कार्यक्रमको बचाउमा उत्रिए भने सत्ता बाहिर रहेका दलका सदस्यले भने आलोचना गरेका थिए । 

मंगलबारको बैठकमा नीति तथा कार्यक्रममाथि पाँचजना प्रदेश सदस्यले संशोधन प्रस्ताव दर्ता गराएका थिए । उक्त संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । नीति तथा कार्यक्रममाथि एमालेका प्रदेशसभा सदस्यले संसोधन प्रस्ताव दर्ता गराएका थिए । 

एमालेका प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, विष्णुप्रसाद पन्थी, अर्जुनकुमार केसी, रत्नबहादुर खत्री, वसन्ती न्यौपानेले संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो । 

प्रदेशसभाको मंगलबारको बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका थिए । प्रदेशसभाको आगामी ११ औँ बैठक असार १ गते ३ बजे बस्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ