arrow

नक्कली भुटानी शरणार्थी प्रकरण

सकियो थुनछेक बहस, प्रतिक्षा आदेशको

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १ शुक्रबार
nakkali-bhutani-sharanarthi-prakaran-17.jpg

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका मुद्दाको थुनछेक बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा दुवै पक्षबाट थुनछेक बहस सकिएको हो । 

बिहीबारसम्म १८ जना प्रतिवादीका तर्फबाट बहस भएको थियो भने शुक्रबार पाँच जना सरकारी वकिल र जाहेरतर्फकासमेत गरी ७ जनाले जवाफी बहस गरेका हुन् । 

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको अभियोग लागेका १८ जना प्रतिवादीतर्फको बहस बिहीबार सकिएको थियो । 

यो प्रकरणमा संलग्न भनिएका १२ जना अझै फरार छन् । 

थुनछेक बहस सकिएकाले आजै थुनछेक आदेश आउने अपेक्षा गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ