arrow

शेखरमा राजावादी चिन्तनः मैले ज्ञानेन्द्र शाहलाई कहिल्यै पूर्वराजा भनेको छैन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २ शनिबार
shekhar-koirala-rabindra-mishra.jpg

काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले ज्ञानेन्द्र शाहलाई कहिल्यै पूर्व राजा नभनेको बताएका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रसँग भेटवार्ताको क्रममा कोइरालाले सो जानकारी दिइका हुन् । उनले दिएको जानकारी मिश्रले सामाजिक सञ्जालबाट साझा गरेका छन् । 

‘कांग्रेस नेता डा शेखर कोइरालाले गज्जबको कुरा भन्नुभयो– ‘म राजा’ लाई कहिल्यै ‘पूर्व राजा’ भन्दिन नि। मैले त भन्ने गरेको छु– हामी नेपाली अहिले रेलको ‘गणतन्त्र, धर्म निरपेक्षता, राजसंस्था, हिन्दूराष्ट्र’ जस्ता अनेकौँ डिब्बामा चढेर यात्रा गरिरहेका छौँ ।  गन्तव्यमा चाहिँ एक जना मान्छे मुस्कुराएर पर्खिरहेछन् – ती हुन्  ‘राजा ।’

उनले अझ अगाडि लेखेका छन, ‘मैले सोधेँ, तपाईको यो भनाइ म उद्दरण गर्न सक्छु, उहाँले भन्नुभयो– किन नसक्नु ? मैले सार्वजनिक रूप मै भनेको कुरा हो यो ।’ 

आफ्नो पुस्तक हस्तान्तरण गरेको तस्बिरसमेत सार्वजनिक गर्दै मिश्रले कोइरालाको धारणा बाहिर ल्याएका हुन् । 

'विचार भन्दा माथि देश, माहोल परिवर्तन हुँदैछ भनेर बुझ्दा कसो होला ?' त्यसपछि उनले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ