arrow

एसियाली खेलकुदः बक्सिङबाट छ महिलासहित १३ खेलाडी छनोट

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ४ सोमबार
asian-games-qualifying-boxing-2023.jpg

काठमाडौँ । १९ औँ एसियाली खेलकुदका लागि बक्सिङबाट खेलाडीहरु छनोट भएका छन् । छ महिला र सात पुरुष गरी १३ खेलाडी छनोट भएका हुन् । 

फ्लालाई वेट ५० किलोग्राम महिला तौल समूहअन्तर्गत नक्साल बक्सिङ्ग क्लबकी सुस्मा तामाङले यचटुओकी अस्मिता दुवाललाई स्प्लिट डिसिजन ५ः२ को आधारमा पराजित गरिन् । 

५४ किलोग्राम तौल समूह महिलातर्फ  आर्मीकी मीनु गुरुङ्गले बक्समाण्डुकी अन्जली तेलीलाई ४ः१ को आधारमा पराजित गरिन् । 

महिला ५७ किलो तौल समूहमा आर्मीकी चन्द्रकला थापाले नेपाल प्रहरी निशा तामाङलाई युनानिमस ५ः० को आधारमा पराजित गरिन् । 

६० किलो महिलातर्फ वाक ओभरको आधारमा एपीएफकी संगिता सुनारले आर्मीकी वर्षा श्रेष्ठलाई पराजित गरिन् भने महिला ६६ किलो तौल समूहमा एपीएफकी विनिता थापा मगरले आर्मीकी निरु गुरुङ्गलाई ५ः० को युनानिमस डिसिजनको आधारमा पराजित गरिन् । 

महिला ७५ किलोमा एपीएफकी सरस्वती राना मगरले एपीएफकी मनिता राईलाई पराजित गरिन् ।

पुरुषतर्फ ५१ किलो तौल समूहमा यचटुओका रविन थापाले नेपाल प्रहरीका चन्द्रबहादुर थापालाई स्प्लिट डिसिजन ५ः२ को आधारमा पराजित गरे । 

पुरुषतर्फ ५७ किलो तौल समूहमा एचटुओका बुद्ध ग्याम्जो लामाले ४ः१ को स्प्लिट डिसिजनको आधारमा बोसिगाँउ क्लबका सुलभ मालीलाई पराजित गरे ।

पुरुष ६३.५ किलो तौल समूहमा जेनेक्सका मौसम राना मगरलाई ५ः० अंकको आधारमा नेपाल प्रहरीका खेलाडी भुपेन्द्र थापा मगरले जीत हासिल गरे । भुपेन्द्र १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता खेलाडी हुन् ।

पुरुष ७१ किलो तौल समूहमा आर्मीका दिपेश लामाले ४ः१ अंकको आधारमा सुदूरपश्चिमका खेलाडी भरत चन्दलाई पराजित गरे ।

पुरुष ८० किलो तौल समूहमा आर्मीका दिपक श्रेष्ठले बक्समाण्डुका मनोज तामाङलाई वाक ओभरको आधारमा पराजित गरे । 

पुरुष ९२ किलो तौल समूहमा गण्डकीका दिपक सुनवारले ४ः० को अंकको आधारमा एपीएफका रविन नेपाललाई पराजित गरे । 

९२ प्लस किलो तौल समूहमा आर्मीका आशिश दवाडी छनोट भए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ