arrow

जिल्ला खेलकुदका कर्मचारी प्रदेश मातहत गाभिने

logo
नारायण वली,
प्रकाशित २०८० असार ५ मंगलबार
Rakhepa-2.jpg

रुपन्देही । जिल्ला खेलकुद विकास समितिमा कार्यरत कर्मचारीहरु अब प्रदेश खेलकुद मातहत गाभिने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत रहेका कर्मचारीहरुलाई असार १ गतेबाट लागू  हुने गरी प्रदेश खेलकुद मातहतमा रहने भएको राखेपले जनाएको छ ।

राखेपको गत गत जेठ २१ गते बसेको ११६ औं बोर्ड बैठकले सदस्य सचिवलाई अधिकार प्रत्याजोन गरिए बमोजिम कर्मचारीहरुलाई प्रदेश अन्तर्गत रहनेगरी मिलाईएको जनाइएको छ ।

यो निर्णय सँगै यसभन्दा पहिले खेलकुदका लागि केन्द्रबाट आउने पैसा जिल्ला अध्यक्षलाई कुनैपनि जानकारी नदिई आफुखुशी कर्मचारीहरुले नै अपचलन गर्ने प्रवृतिको अन्त्य भइ खेलकुदका लागि विनियोजित वजेटको सदुपयोग हुने अपेक्षा गरिएको छ ।

जिल्ला खेलकुद विकास समितिले यसअघि न्यून बजेटका बावजुत पनि कार्यालय सञ्चालन गर्दै आउनु परेको बाध्यतालाई राखेपले अब भने प्रदेश खेलकुदको जिम्मेवारी दिएको छ ।

जिल्ला खेलकुद विकास समितिको क्षेत्राधिकारभित्र पर्ने जग्गा, कभर्डहल, खेलकुद रंगशाला र कार्यालय भवनलगायत समेतको सम्पूर्ण जानकारी गराउन राखेपले आग्रह गरेको छ । 

यो भन्दा अगाडि जिल्लास्थित कार्यालयका कर्मचारीहरुको हाजिरी प्रमाणित क्षेत्रिय खेलकुद् मार्फत् हुँदै आएको थियो भने अब जिल्ला खेलकुद विकास समितिको अध्यक्षमार्फत् राखेपमासमेत जानकारी गराउनुपर्ने बताइएको छ ।

जिल्लालाई हरेक खेलकुद क्रियाकलाप र कार्यालय सञ्चालनमा अधिकार प्रत्याभूत गरेसँगै जिल्लामा थप खेलकुदका अतिरिक्त खेलहरुको विकास, प्रर्वद्धन र संरक्षण हुने विश्वास गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ