arrow

नवदुर्गा मन्दिरमा राष्ट्रपतिलाई देवगणले के भने ?

logo
प्रकाशित २०७३ असोज २९ शनिबार
devgan-news.jpeg
भक्तपुर । बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरेर टीका प्रसाद ग्रहण गरेकी छन् । 
 
राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले प्रसाद ग्रहण गरिन् । राष्ट्रपतिलाई नवदुर्गा मन्दिरका नकी तेजमाया वनमालाले नवदुर्गाको पूजा एवम् दर्शन गराए । नवदुर्गाका पुजारी जुलाल कर्माचार्यले नवदुर्गा भवानीको जमरा एवम् टीका प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गरे । त्यस क्रममा राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरिन् । 
 
राष्ट्रपति नवदुर्गा मन्दिर पुग्दा राष्ट्रपतिलाई प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल, प्रहरी उपरीक्षक किरण बज्राचार्य, स्थानीय विकास अधिकारी धु्रवबहादुर कोइराला, गुठी कार्यालयका प्रमुख लेखनाथ सापकोटालगायत विभिन्न सरकारी कार्यालयका प्रमुखहरुले स्वागत गरे ।  
 
राष्ट्रपतिले नवदुर्गाका पुजारी, नाइके र देवगणहरुलाई जनही  ५०५ का दरले दक्षिणा दिइन् । देवगणहरुले भने आफूहरुको अवस्था ज्यादै नाजुक भएकाले सरकारले उचित रकमको व्यवस्था गर्नु पर्ने राष्ट्रपतिसमक्ष माग गरे । 
 
ब्रह्मायणी बन्ने देवगण लक्ष्मीकुमार वनमालाले राष्ट्रपतिसमक्ष गुनासो राखेपछि राष्ट्रपति भण्डारीले पर्यटन, नागरिक उड्डयन तथा संस्कृति मन्त्रीलाई बोलाएर उचित व्यवस्थापन गर्न लगाउने आश्वासन दिनुभएको जानकारी दिए । 
 
अर्का देवगण शिवभक्त वनमालाले आठ वर्षको बच्चासमेत पढाइ छाडेर आठ महिनासम्म देवगण बन्नुपर्ने बाध्यता आएकाले सरकारले बच्चालाई पढ्ने व्यवस्था गरिदिनुपर्ने बताए । नवदुर्गा जात्रा सञ्चालनका लागि वर्षको करिब १० लाख खर्च हुने तर रकम कतैबाट नआउँदा प्रसिद्ध जात्रा नै सङ्कटमा परेको गुनासो पनि उनीहरुले गरेका थिए । रासस 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ