काठमाडौँ । प्रतिनिधि सभा सदस्य एवं नेपाली काँग्रेसका सांसद डा. सुनील शर्माले काठमाडौँको रानीबारीस्थित ओशो आश्रमलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
आश्रममा ध्यान गर्ने हल निर्माणका लागि सांसद शर्माले व्यक्तिगत रुपमा ठूलो धनराशी सहयोग गरेका हुन् । सांसद शर्मा सोही आश्रममा नौ दिन लामो ध्यान गरेर ओशो संन्यासी बनेका छन् । सोही क्रममा उनले आश्रमलाई सहयोग प्रदान गरेका हुन् ।