- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाल प्रहरीले अवैध लागुऔषध कारोबार गर्ने ५ जना विदेशी नागरिकसहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीले काठमाडौँ उपत्यकामा लागुऔषध अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीको टोलीले अवैध लागुऔषध कारोबार गर्ने ५ जना विदेशी नागरिकसहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रहरीले जेठ २८ गते काठमाडौँ महानगरपालिका ९ सिनामंगलस्थित सडक किनारबाट भारतको बिहार राज्य मथुरा ग्राम ठेगाना भएका वर्ष २७ का हेमन्तकुमार भगतलाई लागुऔषध खैरो हेरोइन १०० ग्रामसहित नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण गरी पेस्तोल खोस्ने प्रयास गर्दा जवाफी कारबाहीमा परी घुँडा भन्दा तल गोली लागि उपचारको क्रममा रहेको र निजसँग सोधपुछ गर्दा भारतको बिहार राज्य सुपौला जिल्ला दौलतपुर घर भई हाल सुनसरी धरान उपमहानगरपालिका वडा नम्बर ३ बस्ने वर्ष २८ का रामभजन भन्ने सञ्जीव कुमारकोसमेत संलग्नता रहेको भन्ने खुल्न आएको र निजलाई सुनसरीबाट असार ६ गते पक्राउ गरिएको बताएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीले प्रहरीले जेठ २९ गते साढे ५ बजे टर्किस एयरलाइन्सको उडानद्धारा काठमाडौँबाट इस्तानबुल हुँदै स्टर्गट (जर्मन) जान लागेका जर्मन नागरिक पाउल वेस्र्टले साथमा ल्याएको २ वटा सुटकेस चेकजाँच गर्दा सुटकेस भित्र लागुऔषध चरेस ६ केजी ८६० ग्राम बरामद भएको र जर्मन नागरिकलाई पक्राउ गरिएको बताए ।
उनले असार ३० गते ललितपुर महानगरपालिका ११ बाट चितवनका वर्ष २९ का महेश चौधरीलाई लागुऔषध कोडिन १६ बोतलसहित पक्राउ गरेको, असार ५ गते काठमाडौँ महानगरपाकिला १६ बाट चन्द्रागिरी नगरपालिका ८ का वर्ष २९ का सुगम मैनालीलाई एलएसडी स्टिकर ७ पिससहित पक्राउ गरेको, असार ५ गते काठमाडौं महानगरपालिका २९ बाट कामनपा १८ का वर्ष २४ का मुखिया गुरुङलाई अवैध लागुऔषध कोकिन ३ जिएम ७ सय एमजीसहित पक्राउ गरिएको र अनुसन्धानको सिलसिलामा उक्त कारोबारमा संलग्न मोरङका वर्ष २६ का बच्चन भन्ने राज गौतम र चेक गणतन्त्रका वर्ष ३२ का मार्टिना सेर्नालाई एलएसडी स्टिकर २६ थान तथा मेथाम्फेटामाइन ४ सय एमजीसहित कास्कीस्थित पोखराको एक होटलबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको बताए ।
बरामद लागुऔषधको अवध बजारमूल्य २ करोड ३३ लाख १५ हजार २५० रहेको बताए ।