arrow

प्रधानमन्त्री दाहालले श्रीलंकाका राष्ट्रपति सिरिसेनासँग के मागे ?

न्याय गरिदिनुस् !

logo
प्रकाशित २०७३ असोज ३० आइतबार
gowa-sirisena-bhet.jpeg
गोवा । प्रधानमन्त्री पुष्पकमल दाहाल र श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाबीच भेटबार्ता भएको छ । आइतबार बिहान गोवाको लिला होटलमा भएको भेट वार्तामा दुई देशबीच सीधा हवाई सेवा सञ्चालन र स्थगित सार्क शिखर सम्मेलन शिघ्र आयोजना गर्नेबारे छलफल भयो । 
 
भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले भौगोलिक दृष्टिले नेपाल र श्रीलंका केही टाढा रहे पनि दुवै देशले दक्षिण एसियाको विकास र सम्बन्धमा मिलेर भूमिका खेल्नुपर्नेमा जोड दिए । नेपाल र श्रीलंकाबीच सिधा हवाई सेवा सञ्चालन गरी दुई देशबीचको सम्बन्धलाई थप मजभूत बनाउनुपर्ने विचार प्रधानमन्त्री दाहालले राखे । 
 
दाहालले भने,  ‘सार्क शिखर सम्मेलन शिघ्र आयोजना गरिनु पर्दछ ।’ त्यसका लागि सार्क राष्ट्रहरुबीच साझा धारणा आवश्यकता छ । यस्तै, प्रधानमन्त्री दाहालले लागुऔषधको अभियोगमा श्रीलंकाले ललितपुरका चेतबहादुर थापालाई दिएको मृत्युदण्डको फैसलाबारे पूनर्विचार गर्न सिरिसेनासँग अनुरोध गरे । 
 
प्रधानमन्त्रीले श्रीलंकाली राष्ट्रपतिले संविधानअनुरुप पाएको अधिकार प्रयोग गरी थापाको मृत्युदण्डको सजाय कटौती गर्न सिरिसेनासँग आग्रह गरेका हुन् ।  भेटका अवसरमा प्रधानमन्त्रीले नेपालबाट श्रीलंकालाई ट्रान्जिट बनाएर खाडी मुलूकहरुमा नेपाली महिलाहरु लगिने गरिएकोमा उक्त कार्य रोक्नका लागि पनि सिरिसेनासँग आग्रह गरे । 
 
भेटमा श्रीलंकाली राष्ट्रपति सिरिसेनाले नेपालसँग श्रीलंकाको सम्बन्ध मैत्रीपूर्ण रहेको भन्दै सार्क सम्मेलन आयोजनाका लागि दुवै देश मिलेर पहल गर्नुपर्ने धारणा राखे । उनले नेपालले राखेको चासोंप्रति श्रीलंका सकारात्मक रहेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ