arrow

लुम्बिनीमा मन्त्रालयको नाम परिवर्तन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १४ बिहिबार
lumbini-province-parliament-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । लुम्बिनीमा दुई मन्त्रालयको नाम परिवर्तन गरिएको छ । लुम्बिनी प्रदेश सरकारले दुई मन्त्रालयको नाम परिवर्तन गरी नयाँ नाम कायम गरेको हो ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालय तथा आर्थिक मामिला मन्त्रालयको नाम परिवर्तन गरेर संघीय सरकारको झल्को दिने गरी नाम परिवर्तन गरिएको हो । 

जसअनुसार आन्तरिक मामिलालाई गृह मन्त्रालय तथा आर्थिक मामिलालाई अर्थ मन्त्रालय बनाइएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ