arrow

सशस्त्रमा व्यक्ति केन्द्रित दरबन्दी थप गर्न लबिङ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १६ शनिबार
apf-armed-police-force-logo.jpg

काठमाडौँ । सीमा सुरक्षाका लागि आएको दरबन्दीलाई माथिल्लो तहका अधिकृतहरुले आफ्नो अनुकूल दुरुपयोग गर्ने सम्भावना बढेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले सीमा सुरक्षा र त्यसका लागि बोर्डर आउट पोष्ट (बीओपी) थप गर्नका लागि ल्याएको दरबन्दीमा एआईजी र डीआईजीको दरबन्दी थप गर्न दबाब बढेपछि दुरुपयोगको संभावना बढेको हो ।  

‘सशस्त्र प्रहरी बलमा तल्लो तहको दरबन्दी कटौती गरेर माथिल्लो तहको दरबन्दी थप्न कसरत भैरहेको छ’, स्रोतले भन्यो । अर्थ मन्त्रालय सुरक्षा निकायमा बजेट बढाए लगत्तै सशस्त्र प्रहरीभित्र नयाँ दरबन्दी थप गर्ने क्रममा आ–आफ्नै लबिङ शुरु भएको हो । 

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सीमा सुरक्षामा खटिनका लागि दरबन्दी अभाव रहेको बताउँदै अर्थ मन्त्रालयबाट प्रहरी निरीक्षक, प्रहरी उपरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षक र सई तथा असईको दरबन्दी स्वीकृत गराए लगत्तै राजनीतिक दबाबमा सो कसरत शुरु भएको हो । 

आईजीपीले १० हजार दरबन्दी थप गर्नुपर्ने भन्दै गृहमा प्रस्ताव पठाएको र त्यसमा माथिल्लो संरचना अन्तर्गत एक एआईजी र दुई डीआईजी थप गर्ने गरी आ–आफ्नै लविङ शुरु भएको स्रोतले जनाएको छ । 

अघिल्लो सरकारको पालामा स्वीकृत भएको ४ हजार दरबन्दी भने सशस्त्रलाई प्राप्त भैसकेको छ र त्यसमा व्यक्ति केन्द्रीत दरबन्दी थप गर्न गृहमन्त्रीसमक्ष लबिङ शुरु गरेको स्रोतको दाबी छ । 

आईजीपी अर्यालले प्रहरी निरीक्षकहरुको वृत्ति विकासका लागि सो दरबन्दीलाई प्रयोग गर्न खोजे पनि इन्जिनियर किशोर प्रधानले त्यही दरबन्दीलाई देखाएर आफ्ना लागि एआईजीको एक दरबन्दी थप गर्न लविङ गरिरहेका छन् ।

‘१५ वर्षदेखि बढुवा हुन नसकेका इन्स्पेक्टर र तल्लो तहका सिपाहीको दरबन्दी काटेरै भए पनि एक एआईजी, दुई डीआईजी, ६ एसएसपी थप्न लबिङ भैरहेको छ’, स्रोतले भन्यो । 

इन्जिनियर किशोर प्रधानका लागि एआईजी र भानु देउवाकी बहिनी ज्वाइँ दिपेन्द्र कुँवरको बढुवाका लागि डीआइजीमा दरबन्दी थप गर्न लागिएको हो । 

त्यस्तै एसपी  विकास घिमिरेलाई बढुवा गर्न एसएसपीको दरबन्दी थप गर्न लागिएको स्रोतको दाबी छ । एसपीबाट एसएसपीहरुमा गंगाराम श्रेष्ठ, राजेश उप्रेती, रमेश पाण्डे, धु्रव कार्की, तीर्थ पौडेल, भरत खनियाँ, सूर्यसेन ओली, टोपबहादुर खनालसहितका छन् । 

१ सय ७५ थप दरबन्दी स्वीकृत गराइएको छ । यसरी एसपीमा ५५ जनासम्मले फुली थप्न सक्छन् । सशस्त्र मुख्यालयको एउटै कोठामा तीन जनासम्म एसपीहरु बसिरहेका छन् । 

कार्य, सीमा सुरक्षा, मानवस्रोततिर छिर्दा त्यस्तो देखिन्छ । नेपाल प्रहरीको तराईतिर बढीमा दुई डीएसपी हुन्छन् । सशस्त्र प्रहरीले सीमा सुरक्षामा पछिल्लो पटक दरबन्दी कम भएको भन्दै थप्न सरकारसँग माग गरेको थियो । 

सरकारले पनि यो विषयमा सकारात्मक सिंग्नल दिइसकेको छ । सशस्त्र प्रहरीमा दरबन्दीकै विषयमा आईजीपीलाई छलेर आफ्नो तर्फबाट लविङ गरिरहेका प्रधानलाई सशस्त्र मुख्यालयले निगरानी गरिरहेको छ । 

‘उहाँले आफ्नो हित हेर्न थाल्नु भयो, सशस्त्रमा आफ्नो करियर बनाउन आएकालाई लात हान्न खोज्नु भयो, एउटै पदमा १५ वर्षदेखि काम गरिरहेकाहरु अहिले पनि बढुवा हुने अवस्था छैन’, सशस्त्र प्रहरी मुख्यालयले भन्यो । 

निरीक्षक पदमा सेवा प्रवेश गरेका प्रधान २०५९ सालमा नायव निरीक्षक (डीएसपी) भएका थिए । डीएसपी हुँदा पोखरा बाहिनी र अधिकांश समय हेडक्वार्टरमा बिताएका थिए । 

द्वन्द्वकालमा हेडक्वार्टरमा बसेका उनी २०६३ सालपछि सशस्त्र प्रहरी उपरीक्षक (एसपी) भएका थिए । त्यसपछि मोरङ, नवलपरासी सीमा सुरक्षा कार्यालय, ललितपुर, दक्षिणकाली गण र विशेष कार्यदल गण काठमाडौँको कमाण्ड सम्हाल्ने भाग्यमानी डीआईजी भएका हुन् । 

२०७१ सालमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भएका प्रधान २०७६ साल माघ २२ गते सशस्त्र प्रहरी बलको नायव महानिरीक्षक (डीआईजी) भएका थिए । 

डीआईजी हुँदा राष्ट्रिय सुरक्षा परिषद र हाल चद्रौटा कपिलवस्तु नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालयको प्रमुख सम्हालेर उनी एआईजीको लबिङमा लागेका हुन् । 

यस्तै कुँवरले यसअघि पनि डीआईजीमा बढुवा कोसिस गरेका थिए । तर विभाग र बाहिर विरोध भएपछि चुप लागेर बसेका उनी अहिले दरबन्दी आएपछि सल्बल्याएका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ