arrow

कृत्रिम दुर्घटना उद्धार अभ्यास

तत्काल उद्धार प्रणालीको विकासमा सशस्त्र प्रहरीको पहल

logo
नारायण वली,
प्रकाशित २०८१ असोज १५ मंगलबार
apf-accident-2.jpg

लुम्बिनी । नेपालको भौगोलिक विविधताले देशको यातायात प्रणालीमा गहिरो प्रभाव पर्दै आएको छ । हिमाल, पहाड र तराईको फरक भूभागले सडक संरचनालाई चुनौतीपूर्ण बनाएको छ । हिमाली भेगमा सडक अभाव र दुर्गम ठाउँहरुमा कम यातायातका साधन र धेरै यात्रुको चापका कारणले गर्दा पनि दुर्घटनाको जोखिम बढ्ने गरेको सरोकारवाला निकायहरुको बुझाई रहेको छ । 

सशस्त्र प्रहरी बल नेपाल न २७ गण हेक्वा रुपन्देहीको संयोजकत्वमा सडक दुर्घटनामा संयुक्त उद्धार अभ्यास गरिएको छ । मंगलवार बुटवल उपमहानगरपालिका वडा न-९ नयाँ बसपार्कको प्रांगणमा देखाइएको प्रस्तुति प्रदर्शनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, रेडक्रस र ट्राफिक प्रहरी लगायतका जिम्मेवार निकायहरुको समन्वयात्मक भूमिकामा कसरी उद्धार कार्य गरिन्छ र गरिनुपर्छ भन्ने विषय तथा भूमिका प्रष्ट पार्ने जमर्को गर्नुको साथै दुर्घटनापश्चात् तत्काल घाईतेको प्राथमिकता निर्धारण गरी शीघ थप उपचारका लागि अस्पताल पुर्याउने लगायतको प्रस्तुती देखाइएको थियो । 

बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेयले भने पछिल्लो समय दुर्घटना स्थलमा घाइतेको उद्धारमा लाग्नु भन्दा फोटो भिडियो खिचेर बस्ने छाडा प्रवृत्ति मौलाएको बताए । त्यो गलत प्रवृत्तिलाई हटाउन यस्ता गतिविधिले सहयोग गर्ने जनाउँदै सशस्त्र प्रहरी बलले देखाएको प्रयोगात्मक उद्धारलाई भौतिक रुपमा पनि लागू गर्नुपर्ने सुझाए ।

पहाडी क्षेत्रहरुमा साँघुरा र भिरालो सडकहरुमा नियमित पहिरोको जोखिम र अप्रत्यासित मौसमका कारण सडक दुर्घटनाको सम्भावना पछिल्लो बढ्दो रुपमा छ। तराईमा भने चौडा र समथर सडकहरु भएपनि तीव्र गतिको सवारी ट्राफिक व्यवस्थापनको अभाव र लापरबाहीले दुर्घटनालाई निम्त्याउँदै आएको छ।

यद्यपि त्यस्ता सडक दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी यातायात व्यवस्थापन सुरक्षा उपाय र तत्काल उद्धार प्रणालीको विकास गर्न सकेमा घाईतेहरुलाई बचाउन सकिने सशस्त्र प्रहरी बल नेपाल न २७ गण हेक्वा रुपन्देही एसपी आनन्द थापाले बताए । 

उनले भने, 'हामीले दुर्घटनाको अवस्थामा उद्धार कसरी गर्ने रु भन्ने बारेमा जानकारी दिने उद्देश्यका साथ मजपुर सशस्त्र प्रहरी बल विपत व्यवस्थापन महाशाखाको पत्रादेश अनुसार सडक दुर्घटनामा आधारित रही अन्य सुरक्षा निकाय जिल्ला र स्थानीय विपद व्यवस्थापन समिति, रेडक्रस तथा सरकारवाला निकायहरुसँग समन्वय गरी महत्वपूर्ण विषयमा सडक दुर्घटना उद्धार कार्य प्रस्तुत गरेका हौं । जसरी प्रस्तुतिमा देखाइएको छ, त्यसरी नै भौतिकरुपमा उद्धार गर्ने तिथिको विकास गर्न सकेमा मानवीय क्षति कम गर्न सकिन्छ ।' 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ