arrow

एमालेको नाराबाजीपछि संसद बैठक स्थगित

logo
नारायण वली,
प्रकाशित २०८० असार १७ आइतबार
lumbini-pradesh-2.jpg

रुपन्देही। लुम्बिनी प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका छन् । असार १३ गते आह्वान गरिएको बैठकमा बजेटको विषयमा आपत्ति जनाउँदै बिरोध गरेपछि बैठक अघि बढ्न सकेको थिएन । त्यसपछि अवरुद्ध संसद् बैठक आइतबारको लागि आह्वान गरिएको थियो ।

एमालेले सरकारले लिखित जवाफ नदिँदासम्म बैठक चल्न नदिने अडान लिएको छ । सांसदहरु रोष्टम अगाडि उभिएर नाराबाजी गर्दै विरोध जनाएका थिए । अर्थमन्त्री धनबहादुर मास्कीले सदनमा आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफलको प्रस्ताव पेश गरेर बोल्दै गर्दा एमाले सांसदहरुले रोष्ट्रम घेराउ गर्न पुगेका थिए ।

अवरोधका कारण आइतबारको लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ । बैठक पुनः भोली सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको सभामुख तुलाराम घर्तीले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ