- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पोखरा महानगरपालिकाले महानगर क्षेत्रका पाँच जना उत्कृष्ट कृषक र १० जना ज्येष्ठ प्रवर्द्धन कृषक गरी १५ जना कृषकलाई नगदसहित सम्मान गरेको छ ।
महानगरपालिकाको पशु सेवा शाखाद्वारा आयोजित कृषक सम्मान कार्यक्रममा नगरप्रमुख धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङले ती कृषकहरूलाई संयुक्त रूपमा सम्मान प्रदान गरेका हुन् ।
उत्कृष्ट कृषक सम्मान प्राप्त गर्नेमा पोखरा-१५ का भैंसीपालक कृषक दीपक तिमिल्सिना, पोखरा-२५ का गाईपालक कृषक धनश्याम तिमिल्सिना, पोखरा-१७ का कुखुरापालक कृषक चन्द्रकान्त बराल, पोखरा-२० का बाख्रापालक कृषक दुर्गाबहादुर गुरुङ र पोखरा-१९ की बङ्गुरपालक कृषक सरस्वती बस्ताकोटी रहेका छन् ।
पोखरा महानगरपालिकाको तर्फबाट उत्कृष्ट कृषकहरूलाई करसहित नगद रु.१० हजार र ज्येष्ठ प्रवर्द्धक कृषकहरूलाई करसहित रु.३ हजार साथमा सम्मानपत्र प्रदान गरिएको हो ।
यस्तै, पाडीबाच्छी आफै हुर्काएर माउ बनाउने ५०० जना कृषकलाई रु.तीन हजार र एक हजार पाडीबाच्छी हुर्काउनका लागि रु.चार हजारका दरले अनुदान उपलब्ध गराइएको छ ।
महानगर क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरूलाई रु.आठ हजारका दरले ५० जनालाई बाख्रा खरिदका लागि अनुदानसमेत प्रदान गरिएको छ ।