arrow

तीन पालिकामा पोषण र जीविकोपार्जन कार्यक्रम 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २० बुधबार
palika-posan.JPG

कपिलवस्तु । जिल्लाको यशोधरा , मायादेवी र शुद्धोधन गाउँपालिकामा सुधारिएको खाद्य प्रणाली र जीविकोपार्जनका समान अवसरहरूको प्रवर्धनका लागि नागरिक समाज कार्यक्रमको सुरुवात गरिएको छ । 

बेल्ट हंगर हिलफे जर्मनीको सहयोग र फरवाड नेपाल चितवन र कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिलवस्तुको आयोजनामा उक्त कार्यक्रम ४ वर्षसम्म चल्ने कार्यक्रमको परिचयात्मक कार्यक्रममा जनाइएको छ ।

मानव सूचकमा पछाडि परेको कपिलवस्तु जिल्ला र सिमाना सँग जोडिएका पालिकाहरूमा पोषण र कृषि मार्फत जीविकोपार्जन सुधारको लागि नागरिक समाज र समूह निर्माण गरि कार्यक्रम सञ्चालन गरिने बेल्ट हंगर हिलफेका प्रतिनिधि सुशील घिमिरेले बताए । 

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका संयोजक बाबुराम आचार्यले जिल्लाका तीन पालिका सँगै अन्य दक्षिणी पालिकाहरूमा समेत जीविकोपार्जनको लागि कार्यक्रम सञ्चालनको लागि संस्था सँग आग्रह गरे । 

सो अवसरमा शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले स्थानीय स्रोतको सदुपयोग गरि आयआर्जन र सिकाइको आदान प्रदान गरि सीमान्तकृत र विपन्न वर्गको जिवन स्तरमा सहयोग हुने गरि काम गर्नको लागि संस्थालाई आग्रह गरे । 

स्थानीय तह सँग सहकार्य गरेर कार्यक्रम गरेमा उपलब्धि र कार्यक्रमको दिगोपना हुने हुँदा पालिकाहरू सहकार्य गरेर अघि बढ्ने समेत चौधरीले बताए । 

सो अवसरमा यशोधरा गाउँपालिका अध्यक्ष शिव दयाल तिवारी, कालिका स्वावलम्बन केन्द्रका अध्यक्ष रामेन्द्र सिंह रावल लगायत बोलेका थिए । 
कार्यक्रममा तीन पालिकाका प्रतिनिधि र कार्यक्रम सञ्चालन गर्ने संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

कृषिको दिगो विकासको लागि स्थानीय उत्पादनलाई प्रवर्धन गरि बजारीकरण मार्फत आयआर्जनमा टेवा दिने खालका योजनाहरू पालिका स्तरमा गएमा आवश्यकता पहिचानको आधारमा काम गर्ने परियोजनाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ