arrow

कपिलवस्तुमा गाडीसहित लाखौँको अवैध सामग्री बरामद 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २० बुधबार
illegal-material-2080-03-20.jpg

कपिलवस्तु । कपिलवस्तुबाट सशस्त्र प्रहरीले गाडीसहित ठूलो  परिमाणमा अवैध सामग्री बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर २८ गण कपिलवस्तु मातहत रहेको बीओपी चाकरचौडबाट खटिएको टोलीले आज बिहान शुद्धोधन गाउँपालिका ३ कोठिघाट हुँदै भारतबाट ल्याउँदै गरेको अवैध युरिया मल र ८० केजी माछासहित  रा१च ११६८ नम्बरको पिकअप गाडी बरामद गरेको सशस्त्र प्रहरी बल नं २८ गणका गणपति (एसपी) जीवन केसीले जानकारी दिएका छन् ।

एसपी केसीका अनुसार बरामद गरिएको ३८ बोरा अवैध युरिया मल र ८० केजी माछासहित पिककप गाडीको मूल्य १० लाख रुपैयाँ रहेको छ।

त्यस्तै सशस्त्र प्रहरी बल नं २८ गणबाट खटिएको  अनुगमन टोलीले भारतबाट कपिलवस्तु ल्याइदै गरिएको अवैध समाग्रीसहित दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएको एसपी केसीले बताए। एसपी केसीका अनुसार नियन्त्रणमा लिइएको अवैध सामग्री र मोटरसाइकलको मुल्य २ लाख रुपैयाँ रहेको छ।

आज बरामद गरिएका युरिया मलसहितको गाडी र नियन्त्रणमा लिइएका मोटरसाइकलसहितका अवैध समाग्रीलाई आबश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय बुझाइएको एसपी केसीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ