arrow

नेपाल परिवार नियोजन संघमा नवीन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २५ सोमबार
Nabin sigdel-pokhara.jpg

पोखरा । नेपाल परिवार नियोजन संघ कास्कीको अध्यक्षमा नवीन सिग्देल निर्वाचित भएका छन् । 

संघको ४२ औं वार्षिक साधारणसभा तथा अधिवेशनले आगामी तीन वर्षका लागि सिग्देललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । 

सिग्देल नेपाली कांग्रेस कास्कीका सहसचिव र नेपाल प्रेस युनियन कास्कीका निवर्तमान अध्यक्ष पनि हुन् ।

समितिको कोषाध्यक्षमा विष्णुप्रसाद दाहाल, महिला सदस्यमा सविना तिमिल्सिना, दीक्षा पराजुली, किशोरी युवा सदस्यमा सपना थापा, कृसा सिग्देल, विशेषज्ञ सदस्यमा वीरेन्द्र बास्तोला, क्षेत्रबहादुर क्षेत्री, गीताकुमारी जोशी र मनकुमारी गुरुङ शेरचन छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ