arrow

लोकमानको घरमा म्याद टाँस्न सर्वोच्चको टोलीले यस्तो चलाखि गर्नु पर्‍याे

म्याद तामेलको कागज लिएर गायव हुने तामेलदार खत्रीबारे बहस

logo
प्रकाशित २०७३ कार्तिक २ मंगलबार
lokman-singh-karki.jpeg
काठमाडौं । अन्ततः सर्वोच्चको तामेलदार टोलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको घरमा म्याद तामेल गरेको छ । 
 
चलाखिपूर्ण ढंगले म्याद तामेल भएको जानकारी सर्वोच्च प्रशासनले दिएको छ । सोमबार कार्कीका आफन्त र समर्थकले दुई पटक सम्म म्याद तामेल गर्न दिएनन् । तर, तमेलदारले प्रशासनलाई म्याद तामेल भइसकेको प्रतिवेदन बुझाएका छन् ।
 
सर्वोच्चका प्रवक्ता विश्वराज पौडेलले हाम्राकुरासँग भने, ‘म्याद तामेल भइसकेको छ । सोमबारै म्याद तामेल भएको हो ।’ दुई पटक फर्केको टोलिले कतिवेला म्याद तामेल गर्यो ? जवाफमा प्रवक्ता पौडेलले भने, ‘सामेबार ३,–४ बजे तिर उहाँ (कार्की)को घरैमा म्याद तामेल गरिएको हो ।’
 
पत्रिका वा सार्वजनिक स्थानमा तामेल गर्ने भन्ने कुरा चैं के हो ? पौडेलले भने, ‘उहाँको घरैमा म्याद टाँसेको जानकारी आइसकेको छ । सार्वजनिक सूचनाको कुरै भएन ।’ प्रवक्ता पौडेलले टाँस्ने तामेलदारको नाम भने भनेन् । चलाखिपूर्ण ढंगले म्याद लामेल गरेको भने सुनाए ।
 
महानगरको १० नम्बर वडा कार्यालय सचिको रोहभरमा तामेल गरेको तामेलदारले प्रतिवेदन दिएको बताइएको छ । नियमानुसार म्याद तामेली भएको मिति कार्तिक १ गतेदेखि गणना हुने छ भने, १५ दिन भित्रमा कार्कीले लिखित जवाफ दिनु पर्नेछ ।
 
असोज ५ गते सर्वोच्चले जारी गरेको सूचना तामेल गर्न सर्वोच्चको टोलीलाइ झण्डै १ महिना लाग्यो । नियमानुसार म्याद तामेल गर्दा गाविस वा नगरपालिकाको वडा सचिव अर्थात् राजपत्र अनंकित तृतीय श्रेणीको कर्मचारीको रोहभर चाहिने भएकाले सर्वोच्चका सुब्बा र तामेलदारको टोली सोमबार दिँउसो वडा कार्यालयमा पुगेर मुचुल्का तयार पारेको थियो । मुचुल्का तयार पारेर कार्कीको घरमा गएको टोलीलाई कार्कीका आफन्तले फेरि रोकेका थिए । पछि टोलीले चलाखिपूर्ण ढंगले म्याद मामेल गरेको हो । 
 
तामेलदारले प्रतिवेदन दिएपछि लोकमानको मुद्दा पेसीमा चढ्न अब कुनै बाधा नहुने बताइएको छ । यसअघि तामेल गर्ने पत्र लिएर हराएका तमेलदार शम्भु खत्रीलाई कारबाही गर्ने विषयमा सर्वोच्च अदालतमा छलफल चलेको छ । 
 
म्यादी आनन्दमोहन भट्टराईको इजलासमा उनको मुद्दाको सुनुवाई चलिरहेको छ । मंगलबारको बहस पछि म्याद तामेलीका विषयमा पनि सर्वोच्चले केही निचोड निकाल्ने जानकारी एक जना उप–रजिष्ट्रारले दिएका छन् । 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ