arrow

शरिरमा ग्याँस चुहिएर घाइते भएका युवकको मृत्यु

logo
प्रकाशित २०७३ कार्तिक २ मंगलबार
mahottari 1.jpg.jpeg
गौशाला । महोत्तरीको मटिहानी गाविसमा ग्याँस चुहिएर शरीर जली गम्भीर घाइते भएका मटिहानी गाविस– ५ बस्ने रामनारायण मण्डलका छोरा २८ वर्षीय लव रहेको परिवारजनले जनाएका छन् । 
 
बडादसैँको नवमीमा राति छिमेकीको ग्यास चुल्हामा समस्या भएकाले बनाउन गएका लवकोे ग्याँस चुहिएर शरीर जली गम्भीर घाइते भएका थिए । 
 
घाइते लवलाई उपचार लागि काठमाडौँंस्थित कीर्तिपुर अस्पतालमा लगिएमा मंगलबार उनको उपचारका क्रममा मृत्यु भएको छिमेकी कामेश्वर ठाकुरले बताए । 
 
सो घटनामा लवसहित चार जना घाइते भएका थिए । बाँकी तीन जनाको उपचार भइरहेको छिमेकी ठाकुरले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ