arrow

लोकमानको घरमा म्याद टाँस्न छोडेर हराउने तामेलदार खत्रीसहित ३ कारबाहीमा

logo
प्रकाशित २०७३ कार्तिक २ मंगलबार
supreme-court-nepal.jpg.jpeg
काठमाडौं । सर्वोच्च अदालतले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद तामेली नगरी हराउने तामेलदार शम्भुबहादुर खत्रीसहित तीन जनाविरुद्ध कारबाही थालेको छ । 
 
मंगलबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलाशले खत्रीसहित म्याद तामेल गर्न असहयोग गर्ने तीनलाई कारबाहीका लागि अन्तरिम आदेश दिएको छ । अदालतको विविधिकरण मुद्दा अन्तर्गत उनिहरुबारे छलफल भएको हो । उनीहरुलाई अदालतले स्पष्टीकरण दिन भनेको छ । 
 
तामेलदार खत्रीले बहाना बनाएर म्याद तामेल नगरेको शंका गर्दै अदालतले सात दिनभित्र चित्त बुझ्दो स्पष्टीकरण नआए १५ दिन जेल र एक हजार रुपैयाँ जरिवाना गर्नेछ । स्पष्टीकरणमा पर्ने तामेलदार खत्रीसहित महानगरको १० नम्बर वडा कार्यालयकी सचिव सरिता राई र खरिदार भेषराज अर्याल छन् । 
 
अदालतले अधिकृत राई र खरिदार अर्यालले म्याद तामेलीमा असहयोग गरेको ठहर छ । राईले पटक–पटक साक्षीका लागि आउने भनेर सर्वोच्चको टोलिलाई धोका दिएकी थिइन् । नियमानुसार म्याद तामेल गर्दा गाविस वा नगरको वडा सचिवको रोहभर चाहिने भएकाले तामेल टोलीले राईलाई पटक–पटक सम्पर्क गरेको थियो । 
 
आदेशमा काठमाडौ तामिलदार खत्रीले अदालतबाट जारी भएको आदेश अनुसार नियमित प्रक्रियाबाट लोकमानको घरमा समयमै म्याद तामेल गर्नुपर्नेमा बहानाबाजी गरेको ठहर छ । दशैंको घटस्थापना पछि कार्कीको घरमा म्याद टाँस्न गएको भोली पल्ट कागजसहित खत्री सम्पर्कविहिन भएका थिए । 
 
खत्रीले म्याद तामेल गर्न नसकेपछि सर्वोच्चले वलदेव महतोलाई लोकमानको घरमा म्याद तामेल गर्न पठाएको थियो । महतोले सोमबार बेलुकी लोकमानसिंहको घरमै म्याद तामेल गरी प्रतिवेदन दिएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ । यस्तै, अदालतले रजिष्टारको आदेश सम्बन्धमा समेत छलफल गरेको छ । 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ