arrow

रामचन्द्रले ठोकुवासाथ भने–संविधान संशोधनका लागि काँग्रेस तयार

logo
प्रकाशित २०७३ कार्तिक २ मंगलबार
Ramchandra-Poudel-11.jpg.jpeg
काठमाडौं । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै पक्षको सहमतिमा संविधानमा रहेका केही कमजोरी र त्रुटीहरुलाई संशोधन मार्फत सम्बोधन गर्नुपर्ने बताएका छन् । 
 
पौडेलले सीमांकन, नागरिकता, समावेशीता जस्ता सवालहरुमा नेपाली काँग्रेसको अगुवाईमा समाधान निकाल्नुपर्नेमा जोड दिदै संविधानत समावेशीताको कार्यान्वयन जरुरी छ–भने । 
 
तराईमधेशको समस्याको समूचित समाधान कसरी हुन सक्छ भन्ने सन्दर्भमा विभिन्न पेशा, व्यवसायमा आवद्ध रहेका विज्ञहरुसँग मंगलबार राजधानीमा  गरेको अर्न्तक्रिया कार्यक्रममा नेता पौडेलले मुलुकले अहिले प्राप्त गरेको उपलब्धिलाई रक्षा गर्दै सहमति हुन बाँकी रहेका विषयहरुलाई टुङ्गोमा पु¥याउनका लागि तराई मधेशको मागका बारेमा सबै पक्ष लचिलो हुनुपर्छ, कांग्रेस तयार छ– भने । 
 
उनले २०७४ माघ ७ गतेसम्म स्थानीय, प्रादेशीक र संघीय निर्वाचन हुनुपर्ने बताए । नेपाल, चीन र भारतमा करिब करिब एकै समयमा परिवर्तन आएको प्रसंङग उल्लेख गर्दै नेता पौडेलले तुलनात्मक रुपमा व्यवस्थाको टुङगो लगाएर आर्थिक समृद्धिको बाटोमा हामी अझै हिड्न सकेका छैनौं–भने ।
 
पौडेलले स्रोत परिचालन अर्थात यातायात (बाटोघाटो), शिक्षा, स्वास्थ्य आदिको विकासमा बजेट विनियोजनलाई सन्तुलित बनाउनु पर्ने बताए । वरिष्ठ नेता पौडेलले राजनीतिलाई सम्मानित र मर्यादित तुल्याउन सम्बद्ध सबैको क्रियाशील सहभागिता आजको प्रमुख आवश्यकता हो भन्दै तराई मधेशको समुन्नति, जिविकोपार्जन र जीवनस्तर उकास्नका लागि राष्ट्रिय अभियान सञ्चालनको आवश्यकता औंल्याए । 
 
अनिलकुमार झा, सीताराम प्रसाद व्याहुत, सी के लाल, विद्याधर मल्लिक, अञ्जनी झा, विनयकुमार  कुसियैत, धर्मनारायण शाह, वरिष्ठ अधिवक्ताद्धय रामकृष्ण निराला र मिथिलेशकुमार सिंह, अधिवक्ताहरु विजय सिंह, देवेन्द्र झा, ठाकुर आचार्य, विनय सिंह, मुनिलाल यादव, दिलिपकुमार झा, उमाशंकर शाह, वीपी साह, धर्मेन्द्र झा, गोपाल झा, शीतलप्रसाद महतो, कपिलेश्वरलाल कर्ण, एकानन्द सिंह, सत्यनारायण चौधरी, विजयकुमार वर्मा, रतिश झा, वालकुष्ण प्रसाद एवम् सामाजिक लोकतन्त्र अध्ययन केन्द्रका पदाधिकारी र सदस्य सहभागि थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ