arrow

खल्तिमा पैसा नभए पनि उपचार : स्वास्थ्य मन्त्री थापा

logo
निर्मल खत्री,
प्रकाशित २०७३ कार्तिक २ मंगलबार
thapagk.jpeg
म्याग्दी।  स्वास्थ्य मन्त्री गगन थापाले कुनै पनि गरिव नेपालीको खल्तिमा पैसा नभए पनि उपचार गराउनु पाउनु पर्ने व्यवस्था मिलाउन सरकार अगाडी बढेको बताएका छन् । मंगलवार बेनी अस्पताल म्याग्दीको अवोलकन गर्दै स्वास्थ्यमन्त्री थापाले नागरिकलाई सहज र सरल तवरले स्वास्थ्य सेवा उपलब्ध गराउन प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल हुँदै अञ्चल अस्पतालमा स्वास्थ्य सेवा थप गर्ने र गुणस्तर सुधार गर्ने नितीलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताए ।
 
मन्त्री थापाले सामान्य रोगहरुको उपचार स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रबाटै निवारण गर्न सक्ने गरि स्वास्थ्य सेवालाई व्यवस्थित गर्न मन्त्रालय लागिपरेको बताउँदै  बहुसंख्यक स्वास्थ्य सेवा सुविधा जिल्ला अस्पतालबाट उपलब्ध गराउन सक्नुपर्ने बताए । मन्त्री थापाले मुलुकमै स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सकेमा प्रधानमन्त्री, राष्ट्रपती कोही पनि उपचार गर्न बाहिर जान नपर्ने धारण राखे ।
 
सिमित स्रोत र साधनका बिच नागरिकलाई बेनी अस्पतालले गुणस्तरीय सेवा प्रवाह गर्न सकेको भन्दै थापाले अस्पतालमा अझै सेवा थप गर्दै गुणस्तर सुधार गर्दै लैजानुपर्ने बताए । बेनी अस्पताल मुलुकभरकै जिल्ला अस्पतालहरुको तुलनामा धेरै राम्रो भएको भन्दै स्वास्थ्य सेवा प्रवाहमा निक साइमनले गरेको सहयोग थप प्रसंसनिय रहेको बताए ।
 
ठुला साना सबैले स्वदेशमै स्वास्थ्य सेवा लिने वातावरण तयार गर्नुपर्ने बताँदै ,हरेक नागरिकले जिल्लामानै राम्रो स्वास्थ्य सेवा सूरुवात अहिलेको आबश्यकता रहेको बताए । थापाले अस्पतालहरुमा सकेसम्म जिल्लाको परिधी नाघेर उपचार गराउन जान नपर्ने गरि सेवा सुविधाहरु थप हुने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ