arrow

‘पहिले ८ बजे उठ्ने मान्छे अचेल ५ बजे नै उठ्न थालेको छु’ कार्यकर्ता भइएको छ : देउवा

logo
प्रकाशित २०७३ कार्तिक २ मंगलबार
deuba-news-saroj-new.jpeg
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आफु हिजो आज खास कार्यकर्ता भएको बताएका छन् । 
 
सरोज कोइराला स्मृति प्रतिष्ठानले राजधानीमा गरेको कार्यक्रममा सभापति देउवाले हाँस्दै भने, ‘पहिले ८ बजे उठ्ने मान्छे अचेल विहान ५ बजे नै उठ्न थालेको छु । कार्यकर्ता भइएको छ ।’ 
 
देउवाले बर्दिवास ढल्केवर सडकलाई सरोज कोइराला लोकमार्ग बनाइनु पर्ने बताए । केही दिन अघि विपक्षी एमालेको चियापानमा स्थानीय तहको निर्वाचन ठोकुवासाथ गर्ने, गर्ने भनेका सभापति देउवाले भने, ‘जस्ले जे भनेपनि कुनै पनि हालतमा स्थानीय तह, संघीय र केन्द्रीय संसदको निर्वाचन हुनै पर्दछ ।’ संविधान कार्यान्वयन हुनै पर्दछ । तीन तहको निर्वाचन गराएरै छोड्ने देउवाको भनाई छ ।
 
सभापति देउवाले चुनाव जित्न कांग्रेस एक भएर जानु पर्ने र जान्छ पनि– भने । पार्टी नेतृत्व उदासीन भएको भन्दै काँग्रेसभित्रै चर्को आलोचना भइरहेको छ । 
 
देउवाले अघि थपे, ‘संविधान संशोधनको चौतर्फी हल्ला गर्ने होइन भित्रभित्रै काम गर्ने हो र भइरहेको छ । एमालेसंग पनि कुरा भइरहेको छ । एमाले पनि सकारात्मक हुँदै गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ