arrow

मनिपाल शिक्षण अस्पतालले गर्दै एक्सप्रेसन कार्यक्रम 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २७ बुधबार
manipal-teaching-hospital.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । मनिपाल शिक्षण अस्पतालले ‘मनिपाल एक्सप्रेसन कार्यक्रम २०२३’ गर्ने भएको छ । अस्पतालले आगामी साउन ६ गते (जुलाई २२) देखि सो कार्यक्रम आयोजना गर्न लागेको कार्यक्रम सचिव डा. राहुल गोइतले जानकारी दिए । 

डा. गोइतले कोरोना भाइरसको महामारीले ग्रसित भएको मुहारमा यस्ता कार्यक्रमले उर्जा थप्ने दाबी गरे । कार्यक्रममा विभिन्न विधा अन्तर्गतमा खेलकुद, नृत्य, व्यान्डको गायन, कविता, कथा लेखन, वादविवाद प्रतियोगितालगायत गतिविधि समावेश गरिने जानकारी दिए ।

दैनिक काममा व्यस्त डाक्टरहरूलाई यो कार्यक्रमले जोड्न सफल हुने अस्पतालका निर्देशक डा. अभिषेक मास्केले बताए । उनले कलिला मस्तिष्क र बालापन पछाडि छोडेका मनहरू एकीकृत गर्न एक्सप्रेसनबाट सफल हुने आशा पलाएको बताए ।

त्यस्तै अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल ओडुविलले मनिपाल शिक्षण अस्पतालले हरेक वर्षजस्तै यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिन लागेको जानकारी दिए ।

उनले कोभिडका कारण केही असहज भए पनि अब फेरि पुराना कार्यक्रमलाई निरन्तरता गर्न लागिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ